नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षक पहिलो ६ महिनाको तुलनामा यस चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार भएको जनाएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिकोअर्ध वार्षिक समीक्ष जारी गर्दै तरलतामा केहि सुधार आएको जनाएको हो ।
आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रयमाससम्ममा खुला बजार कारोबारमार्फत रु.४०१ अर्ब ९४ करोड तरलता प्रवाह भएको छ । त्यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थालेस्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.२६९२ अर्ब ८३ करोड रकम यस बैंकबाट उपयोग गरेका छन ्। गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत रु.३५१ अर्ब ७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.३०१५ अर्ब ८९ करोड बराबरको रकम उपयोग गरेका थिए ।
२०७९ पुस १ देखि ओभरनाइट तरलता सुविधा प्रयोगमा आएको छ । चालु आर्थिक वर्षको पुस महिनामा बैंक तथा वित्तीय संस्थाबाट रु.३५ अर्ब ४८ करोड बराबरको दैनिक तरलता सुविधा र रु.१२ अर्ब ८१ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी रु.३५८ अर्ब ९० करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत रु.८० अर्ब २६ करोड खुद तरलता प्रवाह भएको थियो ।