शनिबार, आश्विन १७ गते २०८३

टर्की र सीरियामा भूकम्पबाट मृत्यु हुनेकाे संख्या बीस हजार नाघ्याे

माघ २७, २०७९ शुक्रबार
टर्की र सीरियामा भूकम्पबाट मृत्यु हुनेकाे संख्या बीस हजार नाघ्याे

काठमाण्डौ । गएको सोमबार आएको विनाशकारी ठूलो भूकम्पकमा परेर टर्की र सीरियामा ज्यान गुमाउने मानसहरुको संख्याले २०,००० नाघेको खबर बिभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । खाेजी कार्य जारी छ र याे संख्या अझै बढ्न सक्ने बताइएकाे छ ।

घातक भूकम्पले भत्काएका भवन र घरहरुमा पुरिएका मानिसहरुको खोजी गर्ने उध्दारकर्ताहरुले अत्यन्तै कडा चीसो, आवागमनको असुबिधा, सम्पर्क सुत्रको अभाव र पीडितहरुको चित्कारका बीच अहोरात्र काम गरिरहेका छन् ।

यो भूकम्पकलाई टर्कीका राष्ट्रपति एर्दोगानले शताब्दीकै ठूलो भूकम्प भन्न सकिने बताएका छन् । उनी टर्कीको ओस्मानिया शहरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए ।