बुधबार, भाद्र ३ गते २०८३

यूनियन लाइफ इन्स्योरेन्सले ८.९७ प्रतिशत बाेनस दिने 

माघ २६, २०७९ बिहीबार
यूनियन लाइफ इन्स्योरेन्सले ८.९७ प्रतिशत बाेनस दिने 

 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई दिने ८.९७ प्रतिशत बोनस दिने भएको छ।  कम्पनीको बिहीबार सम्पन्न भएको पाँचौं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर दिने जनाएको हो । सभाले बोनश सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूँजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयर मध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

यसैगरी, सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता पत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षकरपरामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत अनुमोदन गरेको छ ।  

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ. व. २०७७/७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।