बुधबार, भाद्र ३ गते २०८३

टर्की र सीरियामा भूकम्प पछिको भयावह स्थिति

माघ २६, २०७९ बिहीबार
टर्की र सीरियामा भूकम्प पछिको भयावह स्थिति

यतिबेला टर्की र सीरिया गएको सोमबार बिहान आएको शक्तिशाली भूकम्पको मारले अत्यैन्तै  पीडित र सन्त्रस्त छन् । टर्कीको दक्षिणी भाग र त्यससँग जोडिएको सीरियाका क्षेत्रहरुमा  आएको ७.८ रेक्टर स्कूलको दोहोरिदो उत्रै तीब्रताको भूकम्पका भयानक झट्काले अहिलेसम्म १२ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने यो संख्या अझै बढ्नसक्ने सम्भावना रहेको ज्ञाताहरुले बताइरहेका छन् । बिश्व स्वास्थ्य संगठनले त यो संख्या दोब्बर हुनसक्ने सम्भावनाको पनि आकलन गरिरहेको छ । भूकम्पका कारणले बिग्रिएको बाटो, बन्द भएका बिद्यूत र सञ्चार माध्यमहरुका कारणले समेत यकिन बिवरण पाउन पनि कठिन भइरहेको छ भने त्यहाँ बढ्दो चीसो(माइनस १० डिग्रीभन्दा तल झरेको तापमानले गर्दा स्थिति झन बिग्रेको छ उद्धार राहतको कार्यमा पनि ठूलो कठिनाई आइरहेका छन् ।


यो क्षेत्रमा किन यत्रो ठूलो बिनाशकरी भूकम्प आयो ?


दोहोरिए दुइ पल्ट ७.८ रेक्टर स्केलकै भूकम्पको ठूलो झट्का आएको थियो भने त्यसपछि तेश्रो झट्का अलि घटर ७.५ रेक्टर स्केलको आएको थियो । टर्कीमा आएको त्यो भूकम्पको केन्द्र बिन्दू गाजियान्टेप केन्द्रबिन्दू(इपिसेण्टर) मा पृथ्वीको सतहको केवल १८ किलोमिटर भित्रबाट मात्र त्यो आएको थियो । त्यसले गर्दा पनि त्यसले धेरै ठूलो जनधनको क्षति पुग्न गयो । यस सम्वन्धमा लण्डन स्थित यूनिभर्सिटी कलेजकी जोखिम न्यूनिकरण बिभागकी प्रमुख प्राध्यापक जोआना फेरेले भनेकी छन्–‘बितेको दश बर्षयता १० बर्षमा दुइटा मात्रै यति ठूला भूकम्पन गएको छ । त्योभन्दा पहिला पनि चारवटा यति ठूलो बिनाशकारी भूकम्प गएका थिए’ । तर बिनाशलिला भने भूकम्पका शक्तिका कारणले मात्र बिनाश निम्तिने होइन, भवन र घरहरु, बाटाघाटाहरु कति बलिया र आचारसंहीता पालन गरेर मत्र बनाइएका छन् भन्ने कुराले पनि क्षतिको सघनतालाई निर्धारण गर्दछ । टर्कीमा अहिले भूकम्प आउँदा बिहान सबेरै थियो र मानिसहरु सुतिरहेको अबस्था थियो । 


ज्वालमुखी र जोखिमा सञ्चार सम्वन्धि अध्ययन गरिरहेकको पोर्टस्मथ बिश्वबिद्यालयकी अध्यापक कार्मोन सोलोनाले भनेकछन् ‘सीरिया र टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरुको अबस्था निकै कमजो रहेको थियो । प्रष्ट छ भूकम्पबाट जीवन बचाउने कुरा संरचना निर्माण प्रकृयामा बढी भर पर्दछ । निश्चय नै ‘बाचिरहेका मानिसहरुका लागि २४ घण्टा निकै  महत्वपूर्ण समय हुन्छ तर ४८ घण्टा पछि जीबितै उद्धार गर्न सकिने सम्भावन क्षीण भइसकेको हुन्छ’ ती अध्यापिकाले प्रष्टसँग  भनेकी छन् । 
 के पनि भनिएको छ भने यो भूकम्प जोखिमकै क्षेत्र हो । तर बितेको २०० बर्षयता त्यो क्षेत्रमा यत्रि ठूलो बिनाशकारी भूकम्प आएकै थिएन । त्यसले गर्दा पनि भूकम्प आउँदा गरिनु पर्ने सुरक्षाको तयारी भूकम्प आइरहने क्षेत्रहरुको भन्दा यो क्षेत्रमा निकै नै कम रहेको थियो ।