सम्पति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले चारवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमासमा सो निर्देशिका उल्लघन गर्ने प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र साविक बैंक अफ काठमाण्डू (हालको ग्लोलब आइएमई बैंक)लाई नगद जरिवानासहित कारबाही गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासमा विभागबाट गरिएको कारवाहीको विवरण सर्वजनिक गरेको हो । राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई ५० लाखका दरले नगद जरिवाना गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले माछापुच्छ्रे बैंक र सानिमा बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एडिक्वाइसि फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा ९२ (क) अनुसार माछापुच्छ्रे बैंकका बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उल्लङ्घन हुने गरी तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा ९१० (क) अनुसार सानिमा बैंकलाई सचेत गराएको जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले तत्कालिन इन्भेष्टमेन्ट बैंक (हालको इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे बैंक र सिभिल बैंकका सीइओहरुलाई पनि सचेत गराएको छ ।