शनिबार, आश्विन १७ गते २०८३

टर्की र सीरियामा भूकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या  ७ हजार बढी

माघ २५, २०७९ बुधबार
टर्की र सीरियामा भूकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या  ७ हजार   बढी

भीषण भूकम्पको चपेटामा परेको टर्की र सीरियामा भूकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या  ७,२०० भन्दा बढी हुनपुगेको छ । ७.८ तीब्रताको यो शक्तिशाली र बिनाशकरी भूकम्प तथा  त्यसपछिका ठूल्ठूला भूपराकम्पनका कारण धराशायी भएका भवन र घरहरुमा पुरिएर ज्यान गुमाउने मानिसहरुको बढ्दो संख्याले  मृतक संख्या अझ बढ्नजाने आशंका कायमै छ । ६ हजारभन्दा बढी भवनहरु ढलेर पुरिएका मानिसहरुलाई खोजेर उद्धार गर्न उद्धारकर्मीहरु ठूलो संख्यामा भूकम्प क्षेत्रमा खटेर लागेको भए पनि अत्यन्तै चीसो(शून्यभन्दा तल झरेको तापक्रम), आवागमनको असुबिधा र सम्पर्क सुत्रको अभावले उद्धार कार्यमा बाधा पुगिरहेको र पुरिएका मानिसहरुको रोदन क्रन्दन सुनिन छाडेकोले मृतकको संख्या अझ धेरै हुनसक्ने अनुमान बढ्दो छ ।

turkeysyria.jpg
  अहिलेसम्म ८००० भन्दा बढी पुरिएका मानिसहरुको उद्धार गरिएसकिएको छ भने ३ लाख ८० हजार मानिसहरुलाई सरकारी आश्रयस्थल र होटेलहरुमा राखिएको छ । भूकम्प क्षेत्रमा सरकारले तीन महिनाको संकटकाल लगाएको छ । लगातार आइरहेका २००भन्दा बढी पराकम्पन र ठूल्ठूला झड्काहरुको कारण उद्धार र राहत कार्यलाई थप बाधा पुगिरहेको बताइएको छ ।