काठमाडौं । आज राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, उपसभामुखकाे समेत उपस्थिति रहेकाे थियाे ।
नेकपा(माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल हिजाे सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।