शनिबार, आश्विन १७ गते २०८३

टर्कीमा भूकम्पमा मृतकको संख्या २,३०० भन्दा बढी, हजारौं घाइते,हजारौ भवन र घरहरु भत्किए

माघ २४, २०७९ मंगलबार
टर्कीमा भूकम्पमा मृतकको संख्या २,३०० भन्दा बढी, हजारौं घाइते,हजारौ भवन र घरहरु भत्किए


पूर्बी टर्की र दक्षिण सीरियामा हिजो आएको भूकम्पमा परेर २,३०० भन्दा बढी मानिसको मृत्यु भएको र मृतकहरुको संख्या अझ बढ्ने जनाइएको  छ । भूकम्पले हजारौ भवन तथा घरहरु भत्किएका छन् भने हजारौं मानिसहरु घाइते भएका छन् ।

अत्यन्तै चीसो  र बर्षा भइरहेका कारणले उद्धार र राहत कार्यमा पनि निकै कठिनाई उत्पन्न भएको पनि समाचारमा जनाइएको छ । शक्तिशाली यो भूकम्प ७.८ म्याग्निच्यूडको रहेको थियो ।