आज टर्की र सीरियामा आएको एक शक्तिशाली भूकम्पमा परेर ३०० जति मानिस हताहत भएको र कयौं घर तथा भवनहरु भत्किएर भग्नाबशेषमा परिणत भएको समाचार छ । ती दुबै देशमा पीडित क्षेत्रमा ठूलो संख्यामा उद्धारकर्ताहरु उद्धार तथा खोजी कार्यमा खटिरहको जनाइएको छ । यो भूकम्प टर्कीको गाजियेण्टा प्रान्तलाई केन्द्र बिन्दू बनाएर आएको र कयौ भवनहरु भत्किएको उल्लेख छ । यो क्षेत्रमा लाखौं सीरियाली शरणार्थीहरुको बसोबास रहेको बताइन्छ ।
अहिलेसम्म त्यो द्वन्द्व प्रभावित उत्तरी सीरियामा एक सयभन्दा बढी मानिसको भूकम्पमा परेर ज्यान गइसकेको पुष्टी भएको बताइएको छ । यस भूकम्पको धक्का लेबनान र गाजामा पनि परेको बताइएको छ । भूकम्प पछि टर्कील संकटकालको घोषणा गरेको र अन्तराष्ट्रिय सहयोगको पनि आह्वान गरिएको छ ।