शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई बाहिरबाट समर्थन दिँदै स्वतन्त्र बस्ने 

माघ २२, २०७९ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई बाहिरबाट समर्थन दिँदै स्वतन्त्र बस्ने 

काठमाण्डौ । चामत्कारिकरु पमा चुनाव जितेर २० सीट ल्याएको र संसदमा पुगेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधानमन्त्रीकासाथै गृह मन्त्री जस्तो संबेदनशील मन्त्रालय समेत तीन मन्त्री र एक राज्य मन्त्री लिएर सरकार सञ्चालनमा सक्रिय बन्न पुगेको थियो । तर चुनावका बेलादेखिनै उठेको नागरिकता विवादको कारण पार्टीका अध्यक्ष लामिछानेले अध्यक्ष पद र उपप्रधान तथा गृह मन्त्री पद समेत गुमाएका कारण अब सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । आज बसेको त्यस पार्टीको केन्द्रिय समिति र संसदीय दल दुबैको बैठकले यस्तो निर्णय गरेको कुरा आज आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।

नवाेदित र चर्चित सञ्चारकर्मी रवि लामिछाने जसरी एकाएक राजनीतिमा आएर संसद र सरकारमा पुगेका थिए उनको त्रुटी र लापरबाहीले गर्दा सर्बोच्च अदालतको फैसलाका कारण सरकारबाट बाहिर परे पनि त्यस पार्टीका १९ जना सांसद संसदमा रहेका छन् र उप सभामुख पदमा त्यसै पार्टीकी समाुनपातिबाट निर्वाचित इन्दिरा राना मगरले बिजय हासिल गरेर काम गरिरहेकी छन् ।

यस बार्टीका बारेमा धेरैले आ–आफ्नै किसिमले बिश्लेषण गरिरहेका भए पनि त्यसले पाएको मत सरकारमा जानका लागि थिएन र बाहिरै बसेर सरकारलाई समर्थन दिएको भए  राम्रो हुन्थ्यो भनेका छन् भने कतिपयले सरकारमा जानु पनि ठिकै थियो भन्ने पनि टिप्पणी गरिरहेका छन् ।

 स्वयं त्यो पार्टी भित्रै सरकारमा रहने र बाहिरिने बिषयमा मत भेद देखिएको थियो । तर अन्ततः सरकार छोड्ने निर्णयमा पुगेको छ । यसले सरकारलाई समर्थन नदिए पनि बर्तमान सरकार सर्ब सम्मति जस्तै पूर्ण बिश्वासको मत पाइसकेको हुनाले यसलाई त्यस्तो ठूलो जोखिम त छैन । तर सत्ताको लुछाचुडीको जे जस्तो परम्परा चले चलाईएको छ त्यसले गर्दा कुन बेला कस्तो समीकरण बन्ने हो कुनै सुनिश्चितता छैन र अस्थिरता र अन्यौल कायमै छ ।