नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा राणाको आइतबार बिहान ८ बजे निधन भएको हो। राणा केहिसमयदेखि नर्भिक अस्पतालमा उपचाररत रहेका थिए।
नेपालमा भारतीय रूपैयाको चलन रहेको अवस्थामा नेपाली रुपैयाँको चलनचल्ती बढाउनका लागि सरकारले नेपाल राष्ट्र बैंक स्थापना गरेको थियो। स्थापनाकालमा उनी गभर्नर रहेका थिए ।
स्वर्गीय राणाकै पहलमा हिमालयन बैंक समेत स्थापना भएको थियो। हाल उनका छोरा अशोक शमसेर राणा हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका छन्।