शनिबार, आश्विन १७ गते २०८३

प्रहरीद्वारा पेस्तोल र गोलीसहित एक मिटरब्याजी साहु पक्राउ

माघ २२, २०७९ आइतबार
प्रहरीद्वारा पेस्तोल र गोलीसहित एक मिटरब्याजी साहु पक्राउ

धनुषा । प्रहरीद्वारा  धनुषामा हिजाे एक मिटरब्याजी पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ का ४१ वर्षीय दिलीप साह रहेकाे जनाइएकाे छ ।

साहमाथि मिटरब्याज विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक कुमार राय नेतृत्वको टोलीले साहको घरमा खानतलासी गर्न पुगेको थियो ।

त्यस क्रममा प्रहरीले पेस्तोल र गोलीसमेत फेला पारेको र साहलाई समेत पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

नीज साहको को घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरू, खाली चेकलगायत कागजात तथा कटुवा पेस्तोल एक थान, राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको छ ।

पक्राउ परेका साहमाथि धनुषाा प्रहरीले थप अनुसन्धान शुरु गरिरहेकाे बताइएकाे छ ।