शनिबार, आश्विन १७ गते २०८३

संघर्षरत तरकारी उत्पादक किसानका माग तत्काल पूरा गर्न अखिल नेपाल किसान यूनियनको जोडदार माग

माघ २१, २०७९ शनिबार
संघर्षरत तरकारी उत्पादक किसानका माग तत्काल पूरा गर्न अखिल नेपाल किसान यूनियनको जोडदार माग

काठमाण्डाैं । अखिल नेपाल किसान यूनियनका अध्यक्ष क. रामदुलार महतोले आज एक बक्तब्य प्रकाशित गर्दै चित्तवनमा तरकारी किसानहरुले तरकारीको मूल्य नपाएको सन्दर्भमा गरेको संघर्षकाे समर्थन गर्दै तरकारी उत्पादक किसानहरुका लागि तत्काल न्यूनतम लाभकारी समर्थन मूल्य तोक्न  र तरकारी आयात रोक्न तथा देशलाई तरकारीमा आत्मनिर्भर बनाउने ठोस प्रभाबकारी नीति ल्याउन माग गरेका छन् । उनले बक्तब्यमा राज्यले किसानका समस्यामा आलटाले गर्ने, किसानको उपेक्षा गर्ने र किसानका समस्या हल नगर्ने कारणले किसानहरु लामो समयदेखि पीडित रहँदै आएकोे र उनीहरु संघर्ष गर्न बाध्य भएको उल्लेख गर्दै तत्काल माग पूरा गर्न जाेडदार गरेका छन् । उनको बक्त्तब्यको पूर्ण पाठ यस प्रकार छ :

kisanpressrelease.jpg