
चन्द्रमणि गाैतम
बर्तोल्त ब्रेख्त (१८९८-१९५६) जर्मन नाट्यशालाकर्मी, नाटककार र कवि हुन्, विचारले मार्क्सवादी र समाजवादी विचारधारातिर झुकाव राख्ने खालका हुन् । नाजी शासन का बेला (१९३३-४५) मा हिटलर सत्तामा आउनासाथ पहिले स्क्यान्डेनेभियामा र दोस्रो विश्वयुद्धको अवधिमा अमेरिकामा यिनले मारिने भयका साथ निर्वासित जीवन बिताउनु परेको थियो । पूर्णनाम युजेन बर्थोल्ड फ्रेडरिक ब्रेख्त हो । नाट्यकर्ममा यिनलाई दोस्री पत्नी हेलेन विजेलले साथ दिईन् ।
ब्रेख्तको निधन ५८ वर्षकै उमेरमा हृदयाघातबाट भएको थियो । उनी सानै उमेरदेखि र्युमाटाईड (वाथ) को कारणले मुटु फुल्ने समस्याबाट ग्रसित थिए ।
माथि उल्लेखित भनाई ब्रेख्तले १९३८ मा लेखी १९४३ मा प्रदर्शित, वैज्ञानिकहरुको सामाजिक जिम्मेवारी विषयमा केन्द्रित नाटक 'ग्यालिलेओको जीवनी' को दृश्य १२ को पृष्ठ ११५ मा ग्यालिलेओ र एन्ड्रियाबीचको संवादको रुपमा उल्लेख छ ।
Andrea: Unhappy is the land that breeds no hero.
Galileo: No, Andrea: Pity the land that needs a hero.
साभार : गाैतमजीकाे मुहारपुस्तिकाबाट