ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ५ वर्ष अवधिको ११.२५५ ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४८५’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरमा ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्न लागेको हो । जसमा ३० लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने १ लाख इकाई सामुहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको १९ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ ।
आवेदनकर्ताले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।