एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको आयोजनामा अन्तरकलेज फुटबल प्रतियोगिता हुने भएको छ । उपत्यकाका १५ वटा कलेजको सहभागिता रहने एस फुटबल च्याम्पियनसिप माघ २२ गते आइतबारबाट सुरु हुने जनाइएको छ ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो । लगनखेलस्थित आर्मी फिजिकल ट्रेनिङ एण्ड स्पोर्ट्स सेन्टरमा एक सातासम्म हुने सो प्रतियोगिता माघ २९ गतेसम्म चल्नेछ ।
अन्तर कलेज फुटबल प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा म्यानेजमेन्ट विषयका कलेजहरूको सहभागिता रहेको छ ।
१५ टोलीलाई ५ समूहमा विभाजन गरिएको प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ। प्रतियोगिताको विजेताले नगद, ट्रफी मेडलसहित ७० हजार बराबरको पुरस्कार पाउने भने उपविजेताले ३५ हजार बराबरको पुरस्कार पाउनेछ ।