शनिबार, आश्विन १७ गते २०८३

आयातित तरकारीका कारण मूल्य नपाएपछि आन्दोलनकारी किसानले तरकारी फालेर पोखे आक्रोश

माघ २०, २०७९ शुक्रबार
आयातित तरकारीका कारण मूल्य नपाएपछि आन्दोलनकारी किसानले तरकारी फालेर पोखे आक्रोश


चित्तवन । चित्तवनका तरकारी उत्पादक किसानले तरकारी सडकमा फालेर आन्दोलन शुरु गरेका छन्। बाह्य मुलुकबाट जथाभावी तरकारी भित्रिँदा स्वदेशी उत्पादनले उचित मूल्य नपाएको र लागत पनि नउठेको भन्दै तरकारी किसान संघर्ष समितिले आन्दोलन गरेकाे हाे । 

DSC_0577.jpg

वास्तवमा किसान उत्पादनकर्ता र जीवनदायिनी शक्ति हो । उसले आफ्नो श्रमको फल यसरी फाल्नु पर्ने स्थिति उत्पन्न हुुनु कीमार्थ राम्रो कुरा होइन । नेपाली किसानहरुको बजारको ठूलो समस्या छ र त्यो कृषि बस्तुको निर्बाध आयातले नै उत्पन्न गरेको हो । यसमा सरकारले ध्यान दिनु पर्दछ आयात नगरी नहुने कृषि उपज मात्र आयात गर्ने र अरुमा रोक लगाउनु पर्ने देखिन्छ  । 

DSC_0587.jpg

नेपालमा उचित प्रोत्साहन र प्रश्रय पाउने हो भने नेपाललाई चाहिने सबै किसिमका तरकारी आपूर्ति हुने गरेर उत्पादन गर्न किसानहरु तयार छन् र विविध किसिमको हावापानी भएको देश नेपालमा बाह्रै महिना तरकारी उत्पादन हुने अनुकूल बातावरण र भू–धरातल पनि छ । तर सरकारले यसमा पूरा ध्यान र प्रोत्साहन किसानलार्य दिनु अनिवार्य छ । अन्यथा कृषि प्रधान देशमा पनि कृषि उपजमा पनि परनिर्भर बनिरहने स्थिति बन्दछ र बनिरहेकाे छ ।