आइतबार, कार्तिक ९ गते २०८३

आयातित तरकारीका कारण मूल्य नपाएपछि आन्दोलनकारी किसानले तरकारी फालेर पोखे आक्रोश

माघ २०, २०७९ शुक्रबार
आयातित तरकारीका कारण मूल्य नपाएपछि आन्दोलनकारी किसानले तरकारी फालेर पोखे आक्रोश


चित्तवन । चित्तवनका तरकारी उत्पादक किसानले तरकारी सडकमा फालेर आन्दोलन शुरु गरेका छन्। बाह्य मुलुकबाट जथाभावी तरकारी भित्रिँदा स्वदेशी उत्पादनले उचित मूल्य नपाएको र लागत पनि नउठेको भन्दै तरकारी किसान संघर्ष समितिले आन्दोलन गरेकाे हाे । 

DSC_0577.jpg

वास्तवमा किसान उत्पादनकर्ता र जीवनदायिनी शक्ति हो । उसले आफ्नो श्रमको फल यसरी फाल्नु पर्ने स्थिति उत्पन्न हुुनु कीमार्थ राम्रो कुरा होइन । नेपाली किसानहरुको बजारको ठूलो समस्या छ र त्यो कृषि बस्तुको निर्बाध आयातले नै उत्पन्न गरेको हो । यसमा सरकारले ध्यान दिनु पर्दछ आयात नगरी नहुने कृषि उपज मात्र आयात गर्ने र अरुमा रोक लगाउनु पर्ने देखिन्छ  । 

DSC_0587.jpg

नेपालमा उचित प्रोत्साहन र प्रश्रय पाउने हो भने नेपाललाई चाहिने सबै किसिमका तरकारी आपूर्ति हुने गरेर उत्पादन गर्न किसानहरु तयार छन् र विविध किसिमको हावापानी भएको देश नेपालमा बाह्रै महिना तरकारी उत्पादन हुने अनुकूल बातावरण र भू–धरातल पनि छ । तर सरकारले यसमा पूरा ध्यान र प्रोत्साहन किसानलार्य दिनु अनिवार्य छ । अन्यथा कृषि प्रधान देशमा पनि कृषि उपजमा पनि परनिर्भर बनिरहने स्थिति बन्दछ र बनिरहेकाे छ ।