काठमाण्डौ । नेकपा(समाजबादी)का नेता तथा पूर्ब मन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । अहिले उनको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।
उनी नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि आफैले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएर घाइते भएका थिए ।