शनिबार, आश्विन १७ गते २०८३

विज्ञहरू कतिपय कुरा ढाँटिरहेका हुन्छन्; उनीहरूलाई कतिपय कुरा थाहा हुँदैन; आफ्नो अज्ञानता लुकाउन खोजिरहेका हुन्छन् : पाउलो फ्रेरे

माघ १९, २०७९ बिहीबार
विज्ञहरू कतिपय कुरा ढाँटिरहेका हुन्छन्; उनीहरूलाई कतिपय कुरा थाहा हुँदैन; आफ्नो अज्ञानता लुकाउन खोजिरहेका हुन्छन् : पाउलो फ्रेरे
brazilian.jpg
चन्द्रमणि गाैतम
पाउलो रेग्लस नेभेस फ्रेरे (१९२१–१९९७) प्रख्यात ब्राजिली दार्शनिक, शिक्षाविद्, आलोचनात्मक शिक्षणशास्त्रका अभियन्ता हुन् । १९७० मा प्रकाशित उनको प्रभावशाली एवं चर्चित कृति ‘पीडितको शिक्षणशास्त्र’ (Pedagogy of the Oppressed) का कारण धेरै चिनिन्छ, जसमा आलोचनात्मक शिक्षण आन्दोलनको मूलपाठ स्थापित गरिएको छ ।
यसले शिक्षण जगतमा ठूलो हलचल ल्यायो । उनी परम्परागत शिक्षण प्रविधिलाई शिक्षाको बैंकिङ् प्रवृत्ति भनी कटु आलोचना गर्दथे, जुन बैकिङ्मा विद्यार्थीहरू रित्तो दिमागी खाता भएका ग्राहकका रुपमा ब्यवहार गर्दै शिक्षकले त्यो ‘खाता’ ज्ञानले भरिदिनु पर्ने ठेक्काको रुपमा अर्थ्याइएको छ ।
फ्रेरे ब्राजिलको मध्यमवर्गीय परिवारमा जन्मेका थिए। तर परिवार गरिबीमा झरेपछिको बाल्यकालमा उनले भोक र गरिबी नराम्रोसँग भोगे । १३ वर्षकै उमेरमा पिताको निधन भएपछि उनले गरिबी झन् भोग्नुपर्यो ।
सत्यको उपासक मानिएका फ्रेरे, १९६४ मा ब्राजिलमा सेनाले सत्ता पलट गरेपछि उनका शिक्षण अभियानमा प्रतिबन्ध लाग्यो । शिक्षा तथा संसदीय मामिला विज्ञ दाई श्री तोयनाथ भट्टराई फ्रेरेको भनाई थप्नुहुन्छ, "एउटा सत्य वचन ले संसार रुपान्तरण गर्न सक्छ !" (To speak a true word is to transform the world) !
पाउलो फ्रेरे वि.सं. २०५४ सालमा हर्टफेल भएर ७५ वर्ष उमेरमा उनको निधन भयो ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका