काठमाण्डौ । अमेरिकाको लामो कूटनीतिक अनुभव भएकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज दुइ दिने नेपाल भ्रमण आउँदै छिन् ।
न्यूल्याण्डको यो भ्रमण नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण भ्रमण मानिदैछ। यस भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी रहेको बताइदैछ ।
अमेरिकासँग भएको बिबादास्पद एमसीसी सम्झौता कार्यान्वयन गराउने कुरा नै सबैभन्दा उच्च प्राथमिकतामा रहेको र यो भ्रमरण मूलतः त्यसैका लागि भएको कूटनीतिका ज्ञाताहरु बताउँदछन् । यसै क्रममा अमेरिकी उप बिदेशमन्त्रीले बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाल उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेकाे बुझिएकोछ ।