नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८ करोड ६३ लाख नाफा आर्जन गर्न सफल भएको छ । दुवै बैंक मर्जरपछि यस आ. ब. को पुस मसान्तसम्मको नाफा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ रहेको छ ।
बैंकको गत आवको सोही अवधिको तुलनामा नाफा २८.४४ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ नाफा रहेको थियो । बैंकको नाफा बढेपनि वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड ४२ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यो अवधिका बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले बैंकको नाफा बढ्न सहयोग गरेको देखिएको छ ।
बैंंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २३.८० प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ रहेको छ । मेगा र इन्भेष्टमेन्ट मर्ज भएपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड १ लाख २६ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।