शुक्रबार, कार्तिक ७ गते २०८३

होटेल रेस्टुरेन्टले अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

माघ १२, २०७९ बिहीबार
होटेल रेस्टुरेन्टले अब ग्राहकबाट  सेवा शुल्क लिन नपाउने


होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको १० प्रतिशत  सेवा शुल्क अब लिन नपाउने भएका छन् । सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार सर्वोच्चले अदालतले  फैसला  गर्दै  यस्तो निर्देशन दिएको हो ।

सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा   महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला सुनाएको हो ।

‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी रुपमा शुलकको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी साूमहिक सम्झौता बमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नू भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेध मिश्रित परमादेश समेत जारी हुने ठहर्छ,’ फैसालामा भनिएको छ ।