शनिबार, आश्विन १७ गते २०८३

एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट

माघ ११, २०७९ बुधबार
एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट

 

एन आई सी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्सल श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्राडा अन्जनी कुमार झाले हस्ताक्षर गरेका हुन् । 

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहक र बैंकका कर्मचारीहरूले यो सुविधा प्रयोग गर्न सक्नेछन् । यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा उपचारमा ५र५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।