काठमाडौं । हिजाे सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको छ ।
प्रदेश नं. १ इलामकाे सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो संसद भवन अगाडि सडकमा आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टरको भनाई छ । आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।
त्यस स्टाटसमा उनले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित अनेक सङ्घर्ष र भोगाइबारे उल्लेख गरेका थिए । उनले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको स्टाटसमा उल्लेख छ ।
ण यसअघि पनि तनाव र समस्याकै कारआफूले आत्महत्याको प्रयास गरेको उल्लेख गरेका उनले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह गरेका छन् । आचार्यका श्रीमती र दुई छोरी रहेका छन् ।