शनिबार, आश्विन १७ गते २०८३

आइएमई जनरलको २५औँ वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०७९ मंगलबार
आइएमई जनरलको २५औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । 

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिवद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने बताए ।

त्यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए ।

आ.व. २०७७÷७८ मा रु. १ अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु. १ अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिए । चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको छ ।