शनिबार, आश्विन १७ गते २०८३

भरतमा २१ जनाको हातमा ७० करोडकोभन्दा बढी सम्पत्ति 

माघ ७, २०७९ शनिबार
भरतमा २१ जनाको हातमा ७० करोडकोभन्दा बढी सम्पत्ति 

डाभोस स्वीटजरल्याण्ड । भारतका सबैभन्दा धनाढ्य २१ ज्ना अर्बपतिको हातमा ७० करोड भारतीय जनताकोभन्दा बढी सम्पत्ति रहेको प्रतिबेदन अक्सफाम इण्टरनेशनलले दिएको छ । स्वीटजरल्याण्डको डाभोस शहरमा प्रत्येक बर्ष आयोजना गरिने ‘वल्र्ड इकोनोमिक फोरम’(१६देखि २० जनवरी २०२३)मा पहिलो दिन जारी गरिने यस बर्षको ‘सर्भाइबल अफ द रिचेस्ट : द इण्डियन स्टोरी’मा बिषमता सम्वन्धि अन्य बिभिन्न तथ्यांककासाथ यो यथार्थको खुलासा गरिएको छ ।

Oxfam.jfif

कोभिड महामारी शुरु भएदेखि यताको नोभेम्बर २०२२सम्मको ती भारतीय अर्बपतिको सम्पत्तिमा १२१ प्रतिशतले बढेको र यो ३,२०८ करोड भारतीय रुपैया प्रति प्रतिदिन  अर्थात् २.५ करोड सोही रुपैया प्रति मिनेटका दरले बढेको उल्लेख छ ।