शनिबार, आश्विन १७ गते २०८३

गैंडा माराहरुको खोजी र दण्ड सजाय तथा गैडालाई सुरक्षित गर्नुपर्यो

माघ ७, २०७९ शनिबार
गैंडा माराहरुको खोजी र  दण्ड सजाय तथा गैडालाई सुरक्षित गर्नुपर्यो

चित्तवन । आज बिहान यहाँ नवलपुरको सेहरीस्थित नारायणी नदी किनारमा दुइवटा गैडा मृत अवस्थामा भेटिएका छन् । दुईवटा गैडामध्ये माउ र बच्चा रहेको स्थानीयले जनाएका छन् ।

मृत अवस्थामा भेटिएका ती गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको समाचार छ । स्थानीयका डा अनुसार चो री शिकारीमा परेको हुन सक्ने आशंका छ । अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमैं परेको हुन सक्ने आकलन गरिएको छ ।

यहाँ जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् । करिब १५ दिन भित्रमा बाघले २–३ वटा गाई बस्तु पनि खाइसकेको छ ।