शनिबार, आश्विन १७ गते २०८३

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

माघ ५, २०७९ बिहीबार
प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

 

झापा–२ बाट प्रतिनिधिसभाका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट सत्तारुढ गठबन्धनका उमेदवार सांसद घिमिरले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । 

प्रतिनिधिसभा बैठकमा आज भएको मतदानमा उपस्थित २६८ जना सांसदमध्ये घिमिरेको पक्षमा १६७ जनाले मतदान गरेका हुन् । न्यौपानेले भनि १०० मत प्राप्त गरिन् भने एकजना सांसदले मतदानमा भाग लिएनन् ।