बुधबार, भाद्र ३ गते २०८३

बहराइन सरकारद्वारा डा. सन्दूक रूइतलाई रू. १३ कराेड राशिकाे इसा अवार्ड दिने घाेषणा

माघ ४, २०७९ बुधबार
बहराइन सरकारद्वारा डा. सन्दूक रूइतलाई रू. १३ कराेड राशिकाे इसा अवार्ड दिने घाेषणा

काठमाडौं । नेपालका आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् ।

खाडी क्षेत्रकाे देश बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको गल्फ न्युजले जनाएको छ । बहराइनका राजाका विशेष प्रतिनिधिले याे अवार्ड विजेताको घोषणा गरेकाे उक्त खबरमा उल्लेख छ ।

हरेक दुई वर्षमा बहराइन सरकारले  प्रदान गर्ने यो अवार्ड विपद रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिएकाे छ । यस अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन् । यस पटक याे अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

Isa-Award-For-Service-to-Humanity.jpg

नेपालका यी समर्पित बरिष्ठ नेत्र चिकित्सक डा. रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल भएका छन् । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिएका छन् ।

यसरीनै मानबताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डा. रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उनको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताएका छन् ।