आइतबार, कार्तिक ९ गते २०८३

अजोड र युनाइटेड इन्स्योरेन्सले पाए प्राधिकरणबाट मर्जरका लागि सैद्धान्तिक सहमति

माघ ३, २०७९ मंगलबार
अजोड र युनाइटेड इन्स्योरेन्सले पाए   प्राधिकरणबाट मर्जरका लागि सैद्धान्तिक सहमति

अजोड र युनाइटेड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट  मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका छन्। अजोड र युनाइटेडबीच मर्जरका लागि गत पुस २६ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
  अजोड र युनाइटेड इन्स्योरेन्सबीच स्वाप रेसियो १००ः९० को अनुपातमा मर्जर सहमति भएको हो। कम्पनीले मर्जरपछि अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने तय भएको छ। 

अजोडले यसअघि गत असार ३२ गते प्रभु इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो। यी दुई कम्पनीको स्वाप रेसियो सञ्चालक र कम्पनीको नाम लगायतमा कुरा नमिल्दा मर्जर तोडिएको थियो। हाल अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ भने युनाइटेडको १ अर्ब २ करोड रुपैयाँ छ। मर्जरपछि पनि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नपुग्ने देखिएको छ।