शनिबार, आश्विन १७ गते २०८३

अपि पावर कम्पनीले १०:४ अनुपातमा हकप्रद जारी गर्ने

माघ ३, २०७९ मंगलबार
अपि पावर कम्पनीले १०:४ अनुपातमा हकप्रद जारी गर्ने

 

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १०ः४ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीको २०७९ माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले जारी गरेको उक्त हकप्रद प्रस्ताव विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भए पश्चात कम्पनीको आर्थिक वर्ष २०७८ ०७९ को १९ औं वार्षिक साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । 

जसपश्चात नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात मात्र हकप्रद शेयर निष्काशन तथा बिक्री गरिने कम्पनीले जनाएको छ ।

अपि पावरले नौगाड गाढ जलविद्युत आयोजना मार्फत ८।५ मेगावट, अप्पर नौगाड गाढ जलविद्युत आयोजनाबाट ८ मेगावट, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाबाट ४ मेगावट, ढल्केवर सौर्य विद्युत आयोजनाबाट १ मेगावट र सिमरा सौर्य विद्युत आयोजनाबाट १ मेगावट विद्युत उत्पादन गर्दै आएको छ ।