शनिबार, आश्विन १७ गते २०८३

रा.स्व.पा. लाइ गृह, शिक्षा र श्रम, स्वास्थ्य राज्यमन्त्रीमा तोशिमा

माघ ३, २०७९ मंगलबार
रा.स्व.पा. लाइ गृह, शिक्षा र श्रम, स्वास्थ्य राज्यमन्त्रीमा तोशिमा

 

राष्ट्रिय स्वतन्त्र पार्टीले थप दुइ मन्त्रालय र एक राज्यमन्त्री पाउने भएसँगै मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ। रास्वपाले शिक्षा मन्त्रीमा सांसद शिशिर खनाल र श्रम मन्त्रीमा डोरप्रसाद अर्याललाइ पठाउने तय गरेको छ । त्यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा डा। तोशिमा कार्कीलाइ पठाउने भएको छ । 

सत्तारूढ गठबन्धनमा रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्रीको भाग पाएको हो । यस अघि नै पार्टी सभापति रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीको रूपमा पदबहादी गरिसकेका छन् । 

शिक्षामन्त्री बन्न लागेका खनाल टिच फर नेपालका संस्थापक हुन् भने काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी सांसद हुन्। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसायमा संलग्न हुँदै आएका डोलप्रसाद अर्याल समानुपातिक तर्फका सांसद हुन्। स्वास्थ्य राजमन्त्री बन्न लागेकी डाक्टर तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद बनेकी हुन्।