आइतबार, कार्तिक ९ गते २०८३

मुक्तिनाथ विकास बैंकले १४.२१०५ प्रतिशत लाभांश दिने

माघ १, २०७९ आइतबार
मुक्तिनाथ विकास बैंकले १४.२१०५ प्रतिशत लाभांश दिने



 मुक्तिनाथ विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश  समेत पारित गरेको छ । 

हिजो  सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको हो । बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९\८० का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । 

साधारण सभामा बैंकका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।