पोखराको लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्स दुरघटनामा परेको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएको यतीले जनाएको छ । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सले जानकारी दिएको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।