माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभाले आव २०७८\७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०७९र८० को लागि एसएआर एसोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ।
बैंकले आव २०७८\७९ मा १.६८ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्दै वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै, सोही अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा १३१.२७ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।
यसका साथै गत आवमा बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी २४.१३ अर्ब रुपैयाँ पुर्याएको छ। बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको बताइएको छ। पहिलोपटक काठमाडौंमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ।