शनिबार, आश्विन १७ गते २०८३

चीन र भारतका बीचको रेकर्ड स्तरको ब्यापार तर भारतलाई १०० अर्ब घाटा

पौष २९, २०७९ शुक्रबार
चीन र भारतका बीचको रेकर्ड स्तरको ब्यापार तर भारतलाई १०० अर्ब घाटा


काठमाण्उौ ।  चीन र भारत बीच सीमा बिबाद र कतिपय बेला दुइ देशका बीच झडप हुने गरे पनि दुइ देशका बीचको ब्यापार भने रेकर्ड स्तरमा चलिरहेको बिबीसी हिन्दी  डिजिटल समाचारले जनाएको छ । तर चीनसँगको ब्यापारमा भारतले १०० अर्ब डलर बराबरको ब्यापार घाटा बेहोरिइ रहेको छ ।

   पछिल्लो ताजा तथ्यांक अनुार बितेको बर्ष दुबै देशका बीच ८.४ प्रतिशतको ब्यापार बृद्धिकासाथ कूल ब्यापार १३५.९८ अर्ब डलर पुगिसकेको र त्यससागै भारतको चीनसँगको ब्यापारमा १०० अर्ब डलर पार गरेर नयाँ स्तरमा पुगेको समाचारमा जनाइएको  छ । 

ximodi.jpg
बितेको बर्ष २०२२ भन्दा पहिला २०२१ मा यी दुइ देश बीचको ब्यापार तथ्यांक १२५.६२ अर्ब डलर बराबरको थियो ।

यो तथ्यांक आज शुक्रबार चीनको भन्सार बिभागले जारी गरेको हो । जारी तथ्यांक अुनसार बितेको बर्ष भारतमा निर्यात हुने चिनीया समानमा २१.७ प्रतिशत बृद्धि भएको थियो र यो तथ्यांक अहिले बढेर ११८.५ अर्ब डलर बराबरको हुन पुगेको छ ।
बितेको २०२२ मा भारतबाट चीनमा निर्यात हुने ब्यापरमा ३७.९ प्तिशतको ठूला स्खलन आएर त्यो १७.४८ अर्ब डलरमा झरेको छ ।