आइतबार, कार्तिक ९ गते २०८३

महालक्ष्मी विकास बैंंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न ,१०.४७ प्रतिशतको लाभांश पारित 

पौष २९, २०७९ शुक्रबार
महालक्ष्मी विकास बैंंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न ,१०.४७ प्रतिशतको लाभांश पारित 


महालक्ष्मी विकास बैंककोे एक्काईसौं वार्षिक साधारण सभा  सम्पन्न भएको छ  । बैंक सञ्चालक समितिका अध्यक्ष   राजेश उपाध्यायको अध्यक्षतामा  सभा  सम्पन्न भएको हो ।  सभामा  अवसरमा आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको थियो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत  वित्तीय विवरणहरु छलफल गरी सभाले स्वीकृत गरेको छ । 

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

सभाका अध्यक्ष  उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने बताए ।  आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता  उनले व्यक्त  गरे । “सबल  बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २८ वर्ष देखि अनवरत रुपले  बैंकले गुणस्तरिय वित्तीय सेवा प्रदान  गर्दै आएको छ ।