शनिबार, आश्विन १७ गते २०८३

ब्याजदर घटाउने निर्णय अर्थतन्त्रलाई लयमा फर्काउन सहयोगीः परिसंघ

पौष २९, २०७९ शुक्रबार
ब्याजदर घटाउने निर्णय अर्थतन्त्रलाई लयमा फर्काउन सहयोगीः परिसंघ

 

निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमति सकारात्मक भएको नेपाल उद्योग परिसंघले जनाएको छ । अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा आएको बैंकर्स संघको निर्णयको परिसंघले स्वागत गरेको हो ।

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका कारण अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको भन्दै नेपाल उद्योग परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिदै आएको छ । ब्याजदर घटाउने निर्णय अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास परिसंघकाे छ ।

निक्षेपको ब्याजदर घटेसँगै कष्ट अफ फण्ड घट्ने र यसले आधार दर र कर्जाको ब्याजदर पनि घटाउने हाम्रो परिसंघले जनाएको छ ।  कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने विश्वास परिसंघले गरेको छ ।