शुक्रबार, कार्तिक ७ गते २०८३

ब्राजिलमा उत्पन्न गरिएको उत्पातको उदेश्य र वास्तबिकता

पौष २८, २०७९ बिहीबार
ब्राजिलमा उत्पन्न गरिएको उत्पातको उदेश्य र वास्तबिकता

saroj.jpg
लोकनारायण सुवेदी

बितेको ८ जनवरी २०२३ का दिन ब्राजिलमा जे गरियो त्यो लोकतन्त्रको एउटा नयाँ बिश्व परम्परा बन्ने जस्तो देखापर्दैछ । भलै ब्राजिलको यस घटनालाई अमेरिकाको क्यापिटल हिल काण्डकै एउटा प्रतिकृति(मिनीएचर) या पुनराबृत्ति मानेर बिषयको तीब्रता र गम्भीरतालाई कम आँकियोस्  अथवा बोल्सोनारो–ट्रम्प ब्राण्डिङ्गको आधारमा यसलाई डोनाल्ड ट्रम्पतिर धकेलियोस् तर त्यो पूर्ण सत्य कुरा होइन । यस्ता घटनाहरु राजनीतिमा उत्पन्न भइरहेका बिकृति, राष्ट्रिय नेतृत्वका महत्वाकांक्षाहरु र लोकतान्त्रिक संस्थाहरुको कमजोरीबाट उत्पन्न हुने गर्दछन् । ब्राजिलका सन्दर्भमा यी औंल्याइएका तीनवटै कारक जिम्मेवार देखिन्छन् । अनि फेरि केवल कुनै एक मात्र कारण  औंल्याउन पनि कठिन छ । तथापि यो प्रश्न त उठिनै हाल्छ कि आखिर त्यो कुन कारण थियो जसले गर्दा बोल्सोनारोले स्वस्थ लोकतान्त्रिक राजनीतिको परिचय दिदै लुला डि सिल्भाको सपथ ग्रहणमा शामेल हुन उचित सम्झेनन् ?

लुलाले सपथ लिनुभन्दा पहिला नै उनी अमेरिका गएर ओल्र्याण्डोमा अस्थाई निवास बनाउनु किन परेको थियो ?उनका सांसद पुत्र एडुआर्डो बोल्सोनारो अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बसेर कुन रणनीति अन्तरगत काम गर्दै थिए ? के उनी ‘ट्रम्पियन मोडल अफ डेमोक्रेसी’ जसको झलक जनवरी २०२० मा सारा संसारले प्रतीकात्मकरुपमा नै सही तर अमेरिकी शक्तिको बिछिन्नताको स्थिति देखिसकेको छ । यदि त्यसै हो भने उनीहरु जुन बोल्सोनारोबादको कल्पना पनि गरिरहेका थिए त्यो परिणामबिहीन नै रहने थियो । किनभने क्यापिटल हिलको घटनाको परिणाम ट्रम्पले सोचे अनुरुप आएको थिएन । अति त ब्राजिलमा कसैले यस्तो नयाँ(?) आशा कसरी गर्न सक्तथ्यो ।

वस्तुतः राजनीतिमा कुनै शर्टकट(संक्षिप्तता) हुनै नै गर्दैन । भलै यदा कता यस्ता केही उदाहरण बिश्वमा देखा पर्ने गरेका किन नहुन् । वास्तवमा राजनीतिमा यस्तो शर्टकर्ट स्थिति देखापर्नु एउटा मनोदशा(स्टेट अफ माइण्ड) मात्र हो जुन कुनै संक्षिप्त अबधिका लागि सफल हुन पनि सक्तो होला । तर दीर्घकालमा त त्यसले असफल हुनै पर्दछ ।यसो किनभने यो कुनै राजनीतिको मूल्यमा आधारित सम्बृद्ध परम्परा होइन । कुनै संक्रमण कालमा यस्तो राजनीति सफल पनि हुने गर्दो होला तर सामान्य स्थितिमा हुँदैन । तथापि अमेरिका जस्तो समृद्ध लोकतन्त्र मानिने देशका ग्राण्ड ओल्ड पार्टीका राष्ट्रपतिले आफ्नो पराजय पछि यस्तो उत्पातको कदम चाले । त्यसलाई नै शायद ब्राजिलमा बोल्सोनारोले  पनि दोहो¥याने प्रयाश गरेका हुन् ! यसमा कुनै सन्देह छैन कि अक्टोबर २०२२ मा ब्राजिमा राष्ट्रपति पदका लागि भएको निर्बाचनतमा बोल्सोनारोको पराजय भयो र लुला डि सिल्भाको निकै सानो अन्तरले बिजय भयो । तर सत्य त के हो भने निर्बाचनमा बिजय र पराजय बीचको अन्तर जतिसुकै कम भए पनि बिजय बिजय नै हुन्छ भने पराजय पराजय नै हुन्छ । यस्तो जीत–हारलाई लिएर आरोप–प्रत्यारोप पनि लगाइने गरिन्छ । तर पनि सत्ताको हस्तान्तरण शान्तिपूर्ण किसिमले संबिधानको भावना अनुरुप हुने गर्दछ, हुनु पर्दछ भन्ने मान्यता छ । तर यो कुरा बोल्सोनारोका लागि अपाच्य बन्यो । यही कारण होला कि पहिला उनले पराजित भएर पनि पद छोड्न लामो समय लगाए । अनि पद छोडेपछि पनि उनका समर्थकहरुले लोकतान्त्रिक संस्थाहरुमाथि हमलाको ठूलो षडयन्त्र रचे । उनका समर्थकहरुमा यस्तो हलचल पनि निकै समयसम्म रह्यो । उनका समर्थकहरुले त सेनाले हस्तक्षेप गर्नु पर्दछ भन्ने माग पनि गरिरहेका थिए । तर ब्राजिलको सर्बोच्च अदातलतले राजधानी ब्रासिलियाको  सुरक्षा ब्यबस्था बढायो र सावधानीका लागि बन्दूक लिएर हिडडुल गर्न प्रतिबन्ध पनि लगायो । 

Lula.jfif
 

यी सबै कदमहरु शपथ ग्रहणको बेलामा हिंसा र उपद्रब जस्तो स्थितिलाई रोक्नका लागि चालिएको थियो । फेरि पनि उपद्रब भएरै छोड्यो । आखिर किन ? प्रथमतः यो लुला डि सिल्भाको ब्राजिमा आश्चर्यजनक वापसी र बोल्सोनारको आशाको बिपरीत पराजय यसको तत्कालीन कारण हुन सक्छ । तर यसका अन्य कारण र कारकहरु जान्नका लागि ब्राजिल भित्रै मिहीन किसिमले खोजबिन गरिनु पर्दछ । लुला डि सिल्भा यसभन्दा पहिला पनि दुइ पटक ब्राजिलको राष्ट्रपति रहिसकेका हुन् । उनको बिचारधारा बामपन्थी रहेको छ । यद्यपि उनको यो बिजय सही अर्थमा बामपन्थको मात्र बिजय भने होइन । तर त्यो बिश्वासको बिजय हो जसले आजको अनिश्चितता र जोखिमपूर्ण बिश्वमा आम जन साधारणलाई जीवन जिउनका लागि सुनिश्चितता प्रदान गर्दछ र केही ढाढस दिन्छ । यहाँ सीमित अर्थमा के पनि भन्न सकिन्छ भने ‘ग्लोबलाइजेशनका उदेश्यबाट बिश्व बिस्तारै बिस्तारै भट्किदै गएको र ग्लोबलाइजेशनको नियति लेख्ने दाबी गर्ने गरेका पश्चिमा नेतृत्वको संकीर्णताले भरिदै जानुले गर्दा बिश्व नै भ्रम, भय र अनिश्चितताको कालखण्डबाट गुज्रिन लागेको र त्यस स्थितिबाट बाहिर निस्कने प्रयत्न पनि हो ।

विश्वमा रहेका अधिकांश मानिसहरुले आ–आफ्ना देशको समुन्नति चाहन्छन् । तर त्यस प्रगतिमा उनीहरु आफ्नो सहभागित पनि चाहन्छन् नै । उनीहरु पनि चाहन्छन् कि देशको उन्नतिको सानो हिस्सा भए पनि उनीहरुको गोजीमा पनि परोस् र उनीहरुको भबिष्य पनि सुरक्षित बनोस् र ब्यवहारमा देखियोस्  । ब्राजिलका सञ्चार माध्यमहरुका रिपोर्ट्सहरुले बताउँदछन् कि केही समयदेखि ब्राजिल यस किसिमको बिकासको बाटोबाट भट्किएको थियो । बोल्सोनारोले ब्राजिललाई जुन बाटोबाट चलाउन खोजे त्यसमा आम मानिसहरुको भलाई सम्भव हुन सकेन । उनले बिर्से कि यो त्यही ब्राजिल हो जसमा २०१३ मा भाडा बृद्धिका बिरुद्ध साओ पाउलो, ब्रासिलिया र रियो दि जेनेरियोमा जुन आन्दोलनहरु भएका थिए ती आन्दोलनले त्यतिबेलाको सत्ताको चुरोलाई हल्लाइ दिएको थियो । उनीहरुले के कुरा पनि बिर्सिए या वे वास्ता गरे भने जब बिश्व भूमण्डलिकरणको ढोकामा खडा थियो र त्यसमा प्रबेश गर्ने तयारी गर्दै थियो त्यति बेला ल्याटिन अमेरिकी देशहरुमा पूँजीवादी बर्चश्वका बिरुद्ध तीब्र प्रतिकृया उत्पन्न भइरहेको थियो । यति बेला त्यहाँको स्थिति कस्तो रहेको बिश्लेषहरु बताइरहेका छन् भने राजनीतिक आधारमा उत्पन्न भएको बिभाजन र अन्तर बिभाजनले मानिसहरुको आफ्नो मौलिक पहिचना समाप्त पारिहेको छ । यसैलाई देखेर सम्भवतः लुला डि सिल्भाले आह्वान गरेका पनि थिए कि मध्यमार्गी र दक्षिणपन्थीहरु एकसाथ मिलेर देशलाई समृद्ध र अतीतलाई पुनः प्रतिष्ठित गरौं । सम्भवतः ब्राजिलका नागरिकहरुमा यो आह्वानको असर पर्नगयो र लुलाको बिजय पनि भयो ।

तर अहिले ब्राजिल यो समय सही अर्थमा लोकतान्त्रिक मूल्यहरु र सत्ताको महत्वाकांक्षा बीचको टक्करका बीचबाट गुज्रिरहेको छ। राम्रो कुरा हो कि ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था हो र विश्वको सबैभन्दा सम्भावना भएको मञ्च ब्रिक्सको सदस्य पनि हो, जसले ब्राजिललाई अझ अघि बढाउन मद्दत गर्दै रहन्छ । तर २१ शताब्दी जहाँ औद्योगिकराणको चौथो पुस्ता (फोर्थ जेनरेशन)ले नयाँ पटकथा लेखाउन तयारी गरिरहेको छ अनि जहाँ बिश्व ब्यवस्था संक्रमणबाट बाहिर निस्कने कोशिश गरिरहेको छ अर्थात नयाँ आधार खडा गर्ने सुगबुगाहटबाट बिश्व गुज्रिरहेको छ त्यहाँ यस्ता उपद्रबकारी अधोगतिका घटना घट्दा देशलाई पछि धकेल्ने कुरा हुन्छ नै। ब्राजिलको नेतृत्वले बिचार गर्नु पर्ने संबेदनशील र गम्भीर कुरा नै यही हो भन्ने बिश्लेषकहरुको निचोड छ । लुलाले अब कसरी सावधानीपूर्बक र सार्थक किसिमले सत्ता सम्हाल्न सक्लान् बिश्वले हेरिरहेको छ र उनको सफलताको कामना पनि गरिरहेको  छ।