बिश्वमा पूँजीपाेषक दक्षिणपन्थी र फाँसीबादी बिचारधारालाई लोकतन्त्रको आडमा हुर्किन र फैलिन दिदाको परिणाम के हुदोरहेछ भन्ने ताजा उदाहरण दक्षिण अमेरिकी देश ब्राजिलमा अहिले प्रकट भएको छ । त्यो देशमा पछिल्लो पटक भएको निर्बाचनबाट सत्ताभन्दा बाहिर हुन पुगेको घोर दक्षिणपन्थी नेता जायर बोल्सोनाराका समर्थकहरुले गएको आइतबार देशको संसद, सर्बोच्च अदालत र सर्बोच्च निर्बाचित राष्ट्रपति भवनमा एक साथ जुन आक्रमण र तोडफोड गरे त्यसले यथार्थ प्रष्टसँग दर्शाउँदछ । यद्यपि त्यस दिनको ब्राजिलको राजधानी ब्रासिलियाको त्यो ताण्डबलाई केही घण्टाको झडपछि पुलिसले नियन्त्रण गरेर अन्त्य गरिदियो ।
पराजित पूर्ब राष्ट्रपति बोल्सोनारो समर्थहरुको हमला पछि कम्तिमा ४०० ताण्डबकारीहरुलाई गिरफ्तार गरिएको बताइएको छ । तर यस पूरै घटनाक्रमबाट बिश्व समुदाय स्तब्ध रहन पुग्यो । चुनावमा धाँधली, परस्पर हमला, प्रतिद्वन्द्वीहरुका बीच टकरार जस्ता कुरा त यस्ता चुनावहरुमा प्राय प्रत्येक देशहरुमा हुने गर्दछन् । तर निर्बाचित सरकारलाई नकारेर उदण्ड उपद्रोको बलमा सत्तामा नियन्त्रण गर्ने यस्ता प्रयत्नलाई लोकतन्त्रकै अपमान मान्ने गरिन्छ । अत्यन्तै दुःखको कुरा छ कि अपमानको यो सिलसिला कुनै न कुनै रुपमा सारा संसारभरी नै चल्ने गर्दै आएको छ । जनतन्त्र र जन हितलाई किनारामा धकेलेर राष्ट्रबादको नाममा मानिसहरुको भावना भड्काउने र उनीहरुलाई अराजक बन्नका लागि उल्क्याउनहरुले आफ्नो संकीर्ण स्वार्थ सिद्धिका लागि जनताको मतादेश र जनादेशमाथि खेलबाड गर्ने गर्दै आएका छन् ।
ब्राजिलमा यो सत्ता केन्द्रमा हमला त्यहाँ राष्ट्रपति लुला डि सिल्भाले सत्तासीन भएको केही दिन पछि मात्रै गरिएको छ । गएको बर्ष अक्टोबरमा ब्राजिमा निर्वाचन भएको थियो, जसमा लुला डि सिल्भाले पुनः सत्तामा पुनरागम गरेर आफ्ना बिरोधीहरुलाई आश्चर्यचकित तुल्याएका थिए । उनलाई बोल्सोनारो सत्ताले भ्रष्टाचारको आधारहीन आरोपमा जेलमा हालेकोमा खुशी भएका उनका बिरोधीहरु के मानेर हिडिरहेका थिए भने अब लुला सत्तामा आउने छैनन् ।
तर बाज्रिलका जनताले एक पटक पुनः लुलालाई नै निर्बाचित गरे । यद्यपि बोल्सोनारोलाई झीनु मतले मात्रै लुलाले पराजित गरेका थिए । त्यसैले पनि हुनसक्छ बोल्सोनारोलाई यो पराजय सैह्य भइरहेको थिएन मात्र होइन उनले हार मान्न नै अस्वीकार गरिरहेका थिए । चुनावपछिका कयौं दिनसम्म उनी चुप्पी साधेर बसेका थिए र त्यसपछि उनले ब्राजिलका सेनासँग संबिधानको सम्मान गर्नका लागि आह्वान गरेका थिए । उनले आफ्ना समर्थकरुसँग भनेका थिए कि देशमा समाजबाद रोक्नका लागि सशस्त्र बल ब्राजिलको पर्खाल बनिरहेका थिए । उनले के पनि भनेका थिए भने अहिले पनि केही बिग्रेको छैन । मानिसहरु अहिले सम्हालिएनन् भने तिनले एक दिन अबश्य पछुताउनु पर्ने छ । बास्तवमा बोल्सोनारोका यी कुरा उनका समर्थकहरुलाई उल्क्याउने र उकास्ने खालका थिए । त्यसैले पनि हाेला नब निर्वाचित राष्ट्रपतिले सपथ लिने दिन उनी देश छोडेर बाहिर गएका थिए । अनि लुलाको सपथ ग्रहणको केही दिन पछि नै बोल्सोनारोका समर्थकहरुले चुनावमा धाँधली भएको नाममा संसद, सर्बोच्च अदालत र राष्ट्रपति भवनमाथि उद्दण्ड हमला गरेका थिए ।
बस्तुतः ब्राजिलमा जनवरी २०२३ मा जे जस्तो घटना घटाइयाे त्यस्तै घटना दुइ बर्ष पहिला ६ जनवरी २०२१ क दिन अमेरिकामा घटाइएको थियो, जतिबेला पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले नब निर्वाचित राष्ट्रपति जो बाइडेन सरकारको बिरोधमा अमेरिकी संसद क्यापिटल हिलमा हमला गरेका थिए । त्यतिबेला ह्वाइट हाउसका रणनीतिकार रहिसकेका स्टीभ बेननले त्यो हमलाको एक दिन अगाडिको आफ्नो पोडकास्टमा भनेका थिए कि ‘भोली सबै कुरा तहसनहस हुनेवाला छ’ ।
बिश्वको प्रभावकारी सञ्चामाध्यम बीबीसीका अनुसार तिनै बेननले गएको बर्ष अक्टोबमा ब्राजिमा राष्ट्रपति निर्बाचनको पहिलो चरण पछि पोडकास्टमा एकजना अतिथिले भनेका थि ः यी पूरै मामिला ठीक देखिएका छैनन्’ । बीबीसीका अनुसार बेनन् कयौं सातासम्म चुनावमा धाँधलीको आधारहीन हल्ला फैलाउँदै रहे र उनले ब्राजिलियन स्प्रिंग हेशट्यागलाई उकास्ने काम गरेका थिए । अर्थात यसरी कतै न कतै यो ब्राजिल घटनाको तार अमेरिकासँग जोडन पुगेकाे कुरा प्रष्ट हुन्छ ।
अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकामा सबै कुरा बर्बाद तुल्याउने कोशिश त पूरा गरेका थिए तर उनीहरुलाई कुनै सफलता मिलेको थिएन । अब त्यस्तै असफलता अहिले ब्राजिलमा बोल्सोनारो समर्थकहरुलाई पनि हात लागेको छ । बोल्सोनारो समर्थक इण्टरनेटमा ‘अस्तित्व संकट र बामपन्थी टेकओभर’ जस्ता मनगढन्त न्यारेटिभहरू गढिरहेका छन् । भनिन्छ कि बामपन्थको बिरोधको नामा अराजकता फैलाउने यस्तै कोशिशमा अमेरिकामा पनि गरिएको थियो । तर लोकतन्त्रको जनशक्तिका अगाडि यो अपरिपक्क मनसुवा ध्वस्त हुनपुग्यो ।
हुन पनि स्टीभ बेननले ब्राजिलका सरकारी भवनहरुमा जबर्जस्ती घुस्नेहरुलाई ‘स्वतन्त्र सेनानी’को संज्ञा दिएका थिए जबकि लुला डि सिल्भाले त्यो हमलालाई ‘जंगली’ अर्थात ‘बर्बर’ भनेका छन् र बोल्सोनारो समर्थकहरुलाई ‘फाँसीबादी’ को संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघका महासचिव गुत्तेरस, अमेरिकी राष्ट्रपति जो बाइडेन समेतका बिश्वका कयौ बिश्व नेताहरुले ब्राजिलको आत्मालाई चोट पुर्याउने यस घटनाको निन्दा गरेका छन् । भारतले समेत यस घटनाको निन्दा गरेर ब्राजिलका अधिकारीहरुको समर्थन गरेको छ । यद्यपि उनले ब्राजिलाई ब्रिक्सको सहभागी भएको नाताले र लोकतान्त्रिक परम्पारको सम्मानको हिसावले जे कुरा बोलिरहेका छन् त्यो आफ्नै देशमा लोकतान्त्रिक मूल्यमा आएको स्खलनको बारेमा किन सोचिरहेका छैनन् भन्ने कुरा पनि बिश्लेषहरुले उठाइरहेका छन् । याे ब्राजिलकाे दुःस्वप्न अहिलेका लागि टरेकाे भए पनि सतर्क रहनु पर्ने स्थिति बिद्मान रहेकाे बिश्लेषाहरू बताउँदछन् ।