अप्सरा मिडिया प्रालिले ७० जना व्यक्तिलाई ज्याकेट वितरण गरेको छ । दिनहुँ शीतलहर बढ्दै जाँदा गरिब, असहाय र विपन्न परिवारलाई न्यानो ज्याकेट प्रदान गरिएको हो । कपिलवस्तुको कृष्णनगरबाट सञ्चालित अप्सरा मिडिया प्रालिले मंगलबार ज्याकेट वितरण गरेको जनाइएको छ ।

अप्सरा मिडिया प्रालिले कृष्णनगर नगरपालिकाको वडा नम्बर २ मा अवस्थित अल हुदा पब्लिक स्कूलको हलमा ज्याकेट वितरण गरिएको अप्सरा मिडिया प्रालिका अध्यक्ष शहबाज खानले जानकारी दिए । ज्याकेटले जाडोमा न्यानो राहत हुने भन्दै अप्सरा मिडियाले नागरिकको आवाजलाई बुलन्द गर्दै यसैगरी आगामी दिनमा सामाजिक कार्यमा पनि सरिक हुँदै अगाडी बढ्ने अध्यक्ष खानले प्रतिबद्धतासमेत जनाए । अप्सरा मिडियाद्धारा सञ्चालित राष्ट्रियपत्र संस्करणमार्फत सुशासन र पारदर्शिताको पक्षमा निरञ्तर लाग्ने उनले विश्वास व्यक्त गरे ।

शीतलहरको कष्टकर जाडोयाममा ज्याकेट पाएका व्यक्तिहरुले खुसी हुँदै सक्रिय पत्रकार शाहबाज खानलाई धन्यवाद दिएका थिए । ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जिनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थिति रहेको थियो ।