गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । उनले गठबन्धन बाहिर रहेका प्रतिपक्षी दलको समेत गरी २६८ जना सांसदबाट २६८ मत पाएका हुने ।
नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री ‘प्रचण्ड’ प्रतिनिधि सभामा लगभग सबै सांसदको विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री बनेका छन् । उनलाइ उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।
समर्थन नदिने दलमा नेपाल मजदुर किसान पार्टीका १ जना र राष्ट्रय जनमोर्चाका १ जना गरी २ सांसद रहेका छन् । २७५ जना प्रतिनिधि सभा सदस्य मध्ये २७० जना संसदमा उपस्थित थिए । ४ जना अनुपस्थित रहे भने १ जना निलम्बनमा परेका छन् । एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
सत्तारूढ गठबन्धनमा नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका हुन् ।