शनिबार, आश्विन १७ गते २०८३

“प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ”– प्रधानमन्त्री

पौष २५, २०७९ सोमबार
“प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ”– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने विश्वास समेत ब्यक्त गरेका छन् । नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको उल्लेख गरे । आफ्नो मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताए । उनले विविधताको फुलबारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको बताए ।

उनले भने– “हामी फरक फरक राजनीतिक पार्टीबाट आएका छौँ तर जनताको सुशासन र विकास प्राप्तिको उद्देश्य भने साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियाको हैन क्रियाको राजनीति गर्नेछौँ । हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिने छौँ । हामी भर्खर जनताबाट आएका हौँ । त्यसैले जनताका गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्तै नजिकबाट महशुस गरेका छौँ । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्नुछ र समाधानतिर अगाडि बढ्नुछ ।”