बुधबार, भाद्र ३ गते २०८३

हामी आफ्नो लोभ र मूर्खताका कारण आफैंलाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ 🚀 : वैज्ञानिक- स्टेफेन हकिङ्

पौष २४, २०७९ आइतबार
हामी आफ्नो लोभ र मूर्खताका कारण आफैंलाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ 🚀 : वैज्ञानिक- स्टेफेन हकिङ्
5.jpg
चन्द्रमणि गौतम
अल्बर्ट आइन्स्टाइन पछिका सबभन्दा विश्व प्रसिद्ध बेलायती बैज्ञानिक ‘विज्ञानका दूत’ भनी पश्चिमा जगतमा लोकप्रिय स्टेफेन हकिङ्गका अनौठा विशेषता—
विश्व प्रसिद्ध प्राचीन वैज्ञानिक ग्यालिलियो ग्यालिलीको मृत्यु (८ जनबरी १६४२) को तीनशयौँ वार्षिक स्मृतिका दिन यिनी जन्मे (८ जनबरी १९४२) र अर्का प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको जन्म (१४ मार्च १८७९) कै दिन यिनको निधन भयो (१४ मार्च २०१८) ।
२१ वर्षको उमेरभन्दा अघि यिनी शारीरिक रुपमा तन्दुरुस्त भएपनि २१ वर्षमा मोटर न्युरोन नामक सम्पूर्ण शरीर शिथिल हुने दुर्लभ रोग लाग्यो । डाक्टरले यिनलाई २ वा ३ वर्षमात्र बाँच्ने निष्कर्ष दिएका थिए । तर यिनी महारोग लागेको ५५ वर्षसम्म ह्विल चेयरमै बाँचे ।
यिनी रसिला र ठट्यौलो मिजासका थिए ।
यिनको भौतिक शरीर कष्टपूर्ण थियो, तर कष्टमय अवस्थामै यिनले दुई बिहे (१९६५ र १९९५मा) गरे र तीन छोराछोरी (लुसी, रोबर्ट र टिम) का बाबु बने । पछिल्लो बिहे एक नर्ससँग भयो जसका पति डेभिडले नै उनलाई बोल्न सहज बनाइदिने विद्युतीय ध्वनी सिन्थेसाइजरको डिजाइन गरिदिएका थिए ।
उनले १५ वटा विज्ञान विषयक पुस्तक दिए । १९८८ मा प्रकाशित उनको प्रसिद्ध पुस्तक ‘समयको संक्षीप्त इतिहास’ (A Short History of Time : तल्लो फोटो) आजसम्म करिव २ करोड प्रतिभन्दा बढी बिक्री भएर प्रकाशित भएको २३७ दिनमै सर्वाधिक बिक्री भएको पुस्तक (Best seller book) बनेको छ ।
क्याम्ब्रिज, बेलायतस्थित आफ्नै घरमा हकिङ को ७६ वर्ष उमेरमा १४ मार्च, २०१८ मा निधन भयो ।
साभार : गौतमजीको मुहारपुस्तिकाबाट