शनिबार, आश्विन १७ गते २०८३

उत्पादनमुलक क्षेत्रमा कम्जोर लगानीले अर्थतन्त्रमा चुनौतीः राष्ट्रपति

पौष २४, २०७९ आइतबार
उत्पादनमुलक क्षेत्रमा कम्जोर लगानीले अर्थतन्त्रमा चुनौतीः राष्ट्रपति

 राष्ट्रपति विद्यादेवी भण्डारीले  बैंक तथा वित्तीय संस्था परिसंघको तस्रो साधारणसभालाई  सम्बोधन गर्दै  आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु अहिलेको समस्या  भएको बताएकी छन्।तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको उनले बताइन् ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ । 

आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण गर्न सकिने र यसमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने उनको विश्वास छ ।