शनिबार, आश्विन १७ गते २०८३

नेपालका लागि नब नियुक्त चिनीयाँ राजदूत चेन साेङ्गबाट दुइ देश बीच सम्बन्ध प्रगाढ बनाउने प्रतिबध्दता

पौष २४, २०७९ आइतबार
नेपालका लागि नब  नियुक्त चिनीयाँ राजदूत चेन साेङ्गबाट दुइ देश बीच सम्बन्ध प्रगाढ बनाउने प्रतिबध्दता

काठमाडौं । आज नेपालका लागि नव नियुक्त चिनीयाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुग्नु भएकाे छ ।

उहाँले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै नेपालको बिाकस , समृद्धि  र  चीरस्थायी मित्रतामा योगदान दिने बताउनु भयो । उहाँले  नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने  पनि प्रष्ट पार्नु भयो  । चेन सोङ्ग नेपालका लागि २२ औं चिनियाँ राजदूत हुनुहुन्छ ।

यसअघिकी राजदूत होउ याञ्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको हो ।

नेपाल मामिलामा परिचित रहँदै आउनु भएका राजदूत चेन सोङ्गले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै दुइ क्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताउनुभयाे ।

नेपाल - चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले योगदान दिने उहाँकाे  धारणा पाइएको छ ।