शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्रका बारेमा प्रधानमन्त्री प्रचण्डकाे चासो, अर्थमन्त्री र गभर्नरसँग लिए ब्रिफिङ्ग

पौष २०, २०७९ बुधबार
अर्थतन्त्रका बारेमा प्रधानमन्त्री प्रचण्डकाे चासो, अर्थमन्त्री र गभर्नरसँग  लिए ब्रिफिङ्ग

 
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री  दाहालले बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा समेत छलपल गरेका हुन् ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेको बुझिएको छ।  ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा उनले जोड दिए । 

छलफलमा  देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।