शनिबार, आश्विन १७ गते २०८३

 जाडो ह्वात्तै बढ्यो, बिहान बेलुका धेरै चीसो 

पौष १८, २०७९ सोमबार
 जाडो ह्वात्तै बढ्यो, बिहान बेलुका धेरै चीसो 

काठमाण्डौ । कतिपय हिमाली क्षेत्रमा हिउ परेको, जिरी, जोमसोम र जुम्ला लगायतका क्षेत्रहरुमा तापक्रम माइनसभन्दा तल झरेको तथा बितेको ५० बर्षयता समुद्रको तापमान पनि घटेको कारणले समेत जाडो ह्वात्तै बढेको बिज्ञहरुले बताएका छन् । 
जाडोको कारणहरुले कतिपय जिल्लाका बिद्यालयहरु समेत बन्द हुन पुगेको तथा तराईमा समेत पश्चिमका कतिपय जिल्लाहरुमा दिनभरी जसो हुस्सुले गर्दा चिसो किनै बढेको र पूर्बी क्षेत्रमा पनि बादल लागेर दिनभर घाम नदेखिएकोले चीसो हावा चल्दा जाडो निकै बढेको बताइएको छ । जाडाेले गर्दा बिपन्न तप्काका मानिहरूकाे कठिनाइ अझ बढेकाे छ । उनीहरू जाडाेबाट जाेगिन आगोताप्ने जाेहाे गरिरहेका पाइन्छन् ।

cold-fire.jpg

 यस प्रकारको जाडो दुइ तीन दिन रहने भएकोले दीर्घरोगी, बृद्धबृद्धा, बालबच्चा र सुत्केरी महिलाहरुले बिहान बेलुका चीसोमा बाहिर ननिस्कन र न्यानो तातोका लागि घरभित्रै रहन पनि बिज्ञहरुले सुझाव दिएका छन् । बिज्ञहरु भन्दछन् – यतिबेला हावाको गति उत्तरबाट पश्चिम हुदै दक्षिणतर्फ गइरहेको हिमालको हावाका कारणले समुद्रको तापक्रम पनि घटेकाके छ ।