कठौना, सप्तरी ।
सप्तरी जिल्लाका किसान प्रतिनिधिहरुको एक भेलाले अखिल नेपाल किसान यूनियन सप्तरी जिल्ला तयारी समिति गठन गरेको छ । किसान यूनियनका केन्द्रिय अध्यक्ष रामदुलार महतोको उपस्थि–ितमा भएको भेलामा महम्मद कशिम मियाँ संयोजक र अचमित चौधरी सह–संयोजक रहेको एक नौसदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । समितका सदस्यहरुमा शिबदेब सदा, सुनितादेबी मलाहा, बुद्धिललाल सदा, अमृतलाल चौधरी, श्रवण राम आशाराम सरदार र फगुनी देबी चौधरी रहेका छन् ।

नब गठित तयारी समितिले संगठन बिस्तार गर्ने र किसानहरुका समस्या आम किसान जनतालाई अबग गराउदै उनीहरुका समस्या हल गर्न संघर्ष बिकसित गर्ने बिषयमा छलफल गरी निर्णय लिएका छन् ।