शनिबार, आश्विन १७ गते २०८३

चुनाव परिणाम सत्ताधारी दलहरुप्रतिको जन असन्तुष्टी र अबिश्वासको परिणति : नेपाल कम्युनिष्ट पार्टी

पौष १६, २०७९ शनिबार
चुनाव परिणाम सत्ताधारी दलहरुप्रतिको जन असन्तुष्टी र अबिश्वासको परिणति : नेपाल कम्युनिष्ट पार्टी

‘‘चुनाव परिणाम संकीर्ण स्वार्थको बशिभूत भएर देश र जनताको निरन्तर दोहन गर्ने  सत्तालिप्त दलहरुप्रतिको जन सन्तुष्टी, अबिश्वास र अन्यौलको स्वभाविक परिणति थियो । यस स्थितले एक साथ सत्ताधारी र सत्तामुखी दलहरु तथा संसदीय ब्यवस्थाको सम्भव अग्रगामी बिकल्पको खोजीको सन्देश पुन: दिएको छ । जनतालाई परिबर्तनको सामान्य अनुभूति पनि दिलाउन नसक्ने र उनीहरुलाई सधै जिल्लारा पारिराख्ने निर्वाचन र ब्यबस्थाले जनताको अबस्थालाई बद्लिन सक्तैन र उनीहरुलाई एकताबद्ध तुल्याइरहन पनि सक्तैन ।  यस स्थितिले देशको राष्ट्रिय स्वाधीनता र सार्बभौमिक अखण्डता नै खतरामा पर्दछ र परिरहेकाे छ । पहिलो चुनावदेखि दोश्रो चुनावसम्मको स्थितिको बिश्लेषण गर्दा यही निष्कर्श निस्क्नछ ।'' यो कुरा सप्तरीको कठौनामा पौष १४ गते  आयोजित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकता भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले ब्यक्त गरेका हुन् । उनले नेपाली जनता खाशगरी किसानलाई सही किसिमले सचेत, संगठित र संघर्षशील नतुल्याएसम्म देश र जनताका समस्या हल हुन सक्तैनन र देशले बिकास र सम्बृद्धिको सही बाटो पनि लिन सक्तैन भन्ने कुरा प्रष्ट पारेका थिए ।

kathauna1.jpg
त्यस भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिव तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतोले कम्युनिष्ट आन्दोनलमा प्रबेश गराइएका बिकृति र बिसंगतिले गर्दा यो आन्दोलनको अवसरबादी तप्का देशमा हाबी भएको, बर्ग समन्वयको गलत बाटो पक्रेको र कम्युनिष्ट आन्दोनललाई बद्नाम गरेको तथा देश र जनताका समस्या समाधानमा बाधा पुर्याइरहेको कुरा दर्शाउँदै सम्पूर्ण नेपाली जनता त्यसमा पनि किसान एक जुट भएर संघर्षमा उत्रिनुकाे कुनै बिकल्प नभएकाे धारणा ब्यक्त गरेका थिए ।

Kathauna2.jpg

कार्यक्रममा केन्द्रिय सचिव चन्द्रदेब राम राष्ट्रिय परिषदका सदस्यहरू मुन्सीलाल दास, एस.कडारी, रामप्रसाद चौधरी,अशाेक सदाहरूले पनि जनतामा जागृति नल्याइ देश र जनताका समस्या समाधान नहुने कुरा पाेखेका थिए । भेलामा अगुवा कार्यकताको तर्फबाट रामानन्द चौधरी, रामेश्वरप्रसाद चाैधरी, गिरीजा कुमारी चौधरी, अचमित लाल चौधरी, महम्मद कासिम,बुध्दिलाल शदाहरूले कम्युनिष्ट आन्दोलनले सही दिश किन लिन नसकेकाे हाे भन्न बिभिन्न जिज्ञाषा राखेका थिए ।